Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकामा फेरि विमान दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

- shuvadmin / आइतबार, माघ २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकामा ६७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको समाचार सेलाउन नपाउँदै अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएका हुन् ।

विमानमा सवार ६ जना र भुइँमा रहेका कम्तिमा एक जनाको मृत्यु भएको फिलाडेल्फिया शहरका मेयर चेरेल पार्करलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उद्यपि उनले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिए । उनीहरु सबै मेक्सिकन नागरिक थिए ।

लिअरजेट ५५ विमान मिसौरीमा केहीबेर रोकिएर मेक्सिकोको तिजुआनातर्फ जाँदै थियो ।

उडान भरेको एक मिनेटमै उक्त विमान जमिनमा खसेको थियो । भिडियोमा उक्त विमान तीव्र गतीले भुइँमा तल झरेको र आगो लागेको देखिन्छ ।

थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको थियो । यो दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी छ ।

गत बुधबार मात्रै अमेरिकाको वाशिङ्टन डिसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा ६७ जनाको मृत्यु भएको थियो ।

Page Views: 47
संबन्धित शिर्षकहरु
नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेल अन्तरले हरायाे
उद्घाटन खेलमा मेक्सिकाे दाश्राे खेलमा दक्षिण कोरिया विजयी
बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
ताजा अपडेट
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama